जसपा नेपाल सरकारबाट फिर्ता हुने



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। आइतबार आकस्मिक रूपमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। यद्यपि त्यो निर्णय सार्वजनिक गरिएको भने छैन ।

मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै जसपा नेपालले केन्द्रीय सरकारबाट फिर्ता हुने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उनले भने, ‘मधेस प्रदेशमा जसरी माओवादी र एमालेले गरेका गरेका छन् । त्यसरी नै हामीले पनि केन्द्रमा निर्णय गरेका छौँ । सरकारबाट समर्थन फिर्ता लिने निर्णय भइसकेको छ।’

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार