काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् ।
प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार





