
काठमाडौँ । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।
प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।
सरुवा सम्बन्धमा आवश्यक कारबाही गर्नु गराउन सम्बन्धित कार्यालयहरूलाई मानवश्रोत विकास विभागले आग्रह समेत गरेको छ ।
प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार