काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ड्राइभरलाई धेरै डिस्टर्ब गर्न नहुने बताएका छन् । उनले हिजो पनि गठबन्धनको सरकार भएको र आज पनि गठबन्धनको सरकार रहेको स्मरण गराउँदै ड्राइभरलाई धेरै डिस्टर्ब गर्यो भने गाडी एक्सिडेन्ट हुने सम्भावना रहेको बताए ।
‘बसभित्र बस्ने प्यासेन्जरहरूले पनि यो बस सुरक्षित ठाउँमा पुग्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ । त्यसमा सचेत हुनुपर्छ । आशा गरौँ, अब हिजो भन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ । यो सरकारबाट हुनसक्ने सबै प्रकारको सहयोग हामी गर्न तयार छौँ’ उनले भने ।
प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार





