कार्यसम्पादन मूल्याङ्कनमा बागमती गाउँपालिकाले पायो २६ दशमलव ०१ अङ्क



ललितपुर । कार्यसम्पादन मूल्याङ्कनमा बागमती गाउँपालिकाले २६ दशमलव ०१ अङ्क पाएको छ । सङ्घीय सरकारबाट आउँदो आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र पालिकालाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्याङ्कन गरेको हो ।

पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेनरगरेको, राजस्वको विभाजन गरेरनगरेको लगायतका सूचकमा कार्यसम्पादन मूल्याङकन हुने गर्छ ।

पालिकाले बजेट १० असारभित्र ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिएरनदिएकोलगायत पनि मूल्याङ्कनको आधार हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार