कोरियन भाषा परीक्षाका लागि १ लाख ६४ हजार बढीले दिए आवेदन



काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४ हजार ३२२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् ।

शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको संख्या १ लाख ४३ हजार ८ सय जना छन् । शुक्रबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय रहेकोले परीक्षार्थीको संख्या बढ्ने ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय जनाको माग गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार