काठमाडौँ । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठ सरुवा भएका छन् । गृह मन्त्रालयमा कार्यरत सह–सचिव श्रेष्ठलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरमा सरुवा गरेका हुन् ।
बालकुमारी घटनापछि त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित मन्त्रालयमा तानिएका थिए ।
प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार





