सीप विल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ।
बिहीबार न्यायाधीश राज्यलक्ष्मी शाह र रमेशराज बज्राचार्यको संयुक्त इजलासले अन्तरिम आदेश दिएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।
‘आज उहाँहरूको इजलासले सीप विल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ,’ उनले भने।
प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार





