नेपाललाई गुल्सनले दिलाए पहिलो सफलता, यूएईका कप्तान मुहम्मद वसिम आउट



काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका गुल्सन झाले पहिलो विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पछ्याइरहेको यूएईका कप्तान मुहम्मद वसिमलाई गुल्सनले बोल्ड आउट गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका वसिमले २२ बलमा सात चौका र दुई छक्कासहित ४५ रन बनाए ।

जारी खेलको सात ओभर समाप्त हुँदा यूएईले एक विकेट गुमाएर ७२ रन बनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार