काठमाडौँ । नेपाल,हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ ।
नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ ।
शृङ्खलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् । सबै खेलहरू बिहान ११ बजे हुनेछ ।
प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार





