आयरल्यान्डसँग पहिलोपटक एकदिवसीय खेलमा भिड्दै नेपाल



आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आज सातौं स्थानका लागि नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बावेको ताकासिंगा स्पोर्ट्स क्लबमा हुने खेल दिउँस १२:४५ मा सुरु हुनेछ।

एकदिवसीय खेलमा नेपाल र आयरल्यान्डबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। छनोटअन्तर्गत समूह चरणबाट सुपरसिक्समा पुग्न असफल भएपछि नेपाल र आयरल्यान्ड दुवै सातौं स्थानको प्लेअफमा धकेलिएका थिए।

प्लेअफमा नेपालले युएई र आयरल्यान्डले अमेरिकालाई पराजित गर्दै सातौं स्थानको प्लेअफमा भेट पक्का गरेका थिए।

समूह चरणमा नेपालले अमेरिकालाई मात्र हराउन सकेको थियो। सुरुमा जिम्बावे र वेस्ट इन्डिजसँग पराजित भएको नेपाल महत्वपूर्ण खेलमा नेदरल्यान्ड्ससँग हार्दा सुपरसिक्समा पुग्न असफल भएको थियो।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार