काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको तलब वृद्धि गर्न संस्थागत (निजी) विद्यालयहरूलाई निर्देशन दिएका छन् ।
सामुदायिक विद्यालयका शिक्षकहरूको तुलनामा निजी विद्यालयका शिक्षकहरूको तलब न्यून भएको गुनासो आएको भन्दै मेयर साहले सामुदायिक विद्यालयका शिक्षक सहरकै तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा बालेन लेख्छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ ।’
काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सूची

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार





