काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नपुग तलबको विवरण पठाउन ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । इकाइको स्वीकृत दरबन्दी अन्तर्गत करारमा नियुक्ति भइ कामकाग गर्दै आएका कर्मचारीहरुको तलब नपुग हुने भएमा सो व्यवस्थाका लागि विवरण पठाउन भनिएको हो ।
कार्यालय सहयोगी र सवारी चालकको चालु आर्थिक वर्ष २०७९/०८० मा वृद्धि भएको तलबभत्ता तथा स्थायी कर्मचारी अवकाश भइ करारमा नियुक्ति पाएका कर्मचारीहरुको तलबभत्ता नपुग हुने भएमा सो को व्यवस्थाका लागि विवरण माग गरिएको केन्द्रले सूचनामा उल्लेख गरेको छ ।
साथै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम मध्ये बचत हुने कार्यक्रम र बजेटसहित विवरण र नपुग हने बजेटको विवरण शिक्षा तथा मानव स्रोत केन्द्र योजना तथा अनुगमन शाखाको ढाँचा अनुसार तयार गरी शाखाको इमेलमा जेठ २ गतेभित्र आइपुग्ने गरी पठाउन आग्रह गरिएको छ ।
हेर्नुहोस सूचना :