तनहुँ-१ मा स्वर्णिम दोब्बर मतान्तरले अगाडि



तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। प्राप्त पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।

९२५७ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले १५४९मत ल्याएका छन्।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाएका छन्।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार