चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ। यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्। अन्य १९ जना उम्मेदवार पनि चुनावी मैदानमा छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यकाअनुसार यस क्षेत्रमा ४३ मतदानस्थल र १३८ केन्द्र छन्। ६९० कर्मचारी निर्वाचनमा खटिएका छन्।
प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार





