तनहुँ । नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराउने तयारीमा रहेका स्वर्णिम वाग्लेका पक्षमा उनले मत मागेका छन् ।
एक वर्षअघि भएको स्थानीय तह चुनावमा कांग्रेस त्यागेका उनले मंसिरको चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी हालेका थिए ।
उनले त्यो उम्मेदवारी फिर्ता लिए पनि पौडेललाई सघाएनन् ।
प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार





