भोलि सार्वजनिक बिदा



काठमाडौं । भोलि (चैत ७ गते) घोडेजात्रा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लै रहने विभागले जानकारी दिएको छ । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको हाे ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार