एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने



नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्। एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताए।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। नेम्वाङले एमाले प्रमुख प्रतिपक्षमा बस्ने संघीय संसद सचिवालयलाई जानकारी गराइसकिएको बताए।

‘हामीले सभामुख, संसद सचिवालय सबैलाई भनिसकेका छौं, हामी जिम्मेवार प्रतिपक्ष बनेर बस्छौं,’ उनले भने, ‘हामी त छायाँ सरकार हो नि! संविधानले दिएको जिम्मेवारी, संसदीय मूल्यमान्यताअनुसार हामी अघि बढ्छौं।’

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार