दक्षिण कोरियामा कामको सिलसिलामा गएका एक नेपाली कामदार सुतेको अवस्थामा मृत फेला परेका छन् । लमजुङ घर भएका टिकाराज चिलवाल नाम गरेका युवक सुतेको अवस्थामा मृत फेला परेका हुन् ।
चिलवालको हृदयघातका कारण मृत्यु भएको उनका सहकर्मी प्रविन न्यौपानेले बताएका छन्। गए राती खाना खाएपछि आफुसँगै सुतेका युवकले राती मुटुमा समस्या आएपछि एम्बुलेन्स बोलाई हस्पिटल लगेको मृतकका सहकर्मी न्यौपानेले बताएका छन् । तर, हस्पिटलले उनलाई मृत घोषणा गरेको न्यौपानेले बताए ।
मृतक चिलवाल ईपीएस प्रणाली मार्फत आफ्नो पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालका लागि कोरिया पुगेका थिए। तर, कोरिया पुगेको १० महिना नबित्दै उनको मृत्यु भएको छ ।
हाल मृतकको शव योङ्गिनको एक अस्पतालमा राखिएको छ । आजै कोरिया स्थित नेपाली दूतावासमा जानकारी गरि आवस्यक प्रक्रिया पूरा गरिएको र शव नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ ।
मृतक विवाहित रहेको र उनका सन्तानका रूपमा दुई छोरी रहेको सहकर्मी न्यौपानेले बताए ।





