रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित



काठमाडौं । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् ।

संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार