काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका मध्यक्रम ब्याटर आरिफ शेखले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट आरिफले ६० बलमा अर्धशतक पूरा गरे । ५० रन पूरा गर्ने क्रममा आरिफले दुई चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफको यो पाँचौ अर्धशतक हो ।
आरिफअघि नेपालबाट भीम सार्की र ओपनर कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए । कुशल ५० रन बनाएर आउट हुँदा भीम ६७ रनमा पभेलियन फर्किएका थिए । कुशल र भीमले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।
यस्तै, आरिफले पाँचौ विकेटका लागि भीम सार्कीसँग ८३ रनको साझेदारी गरेका थिए ।
प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार





