नेपाललाई सुरुमै झट्का



काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम र महत्वपूर्ण खेलमा नेपालले १ रनको स्कोरमै विकेट गुमाएको छ । विश्वकप छनोटमा सोझै पुग्नका लागि नेपालले यो खेल जित्नैपर्ने हुन्छ ।

युएइले दिएको ३११ रनको विशाल लक्ष्य पच्छ्याएको नेपालले पहिलो ओभरमै आसिफ शेखलाई गुमाएको हो । आसिफ शुन्य रनको स्कोरमा स्टम्पिङ आउट भए ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार