जुवा खेलेको आरोपमा भैंसेपाटीबाट १४ जना पक्राउ



जुवा खेलेको आरोपमा ललितपुरको भैंसेपाटीबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार साँझ ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहराबाट १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।

चन्दा मगरले जग्गा भाडामा लिएर बनाएको टहरामा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको टोलीले १४ जनालाई पक्राउ गरेको हो।

उनीहरूबाट एक लाख ६१ हजार ९८० रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेमा एक जना महिला र अन्य १४ जना छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार