कोरियामा पर्ने समस्याको समाधानको लागि खटिने नेपाली चेली योगिता गौतम, चर्चा कम काम बढी



सउल दक्षिण कोरिया । कोरियामा रहेका नेपालीहरुको समस्यालाई आफ्नै समस्या सम्झिएर समाधानको निमित्त कोरियामा निस्वार्थ रुपमा अहोरात्र खटिने कोहि छ भने त्यो नाम हो योगिता गौतम ।

उनि प्रायः अस्पताल , प्रहरी कार्यालय , नेपाली कार्यारत कम्पनी, अड्डा अदालत तथा नोदोङ्बुमा नेपालीहरुको समस्या समाधान गरिरहेको रुपमा भेटिन्छिन । नेपालमा अंग्रेजी बिषयमा ब्याचलर सकेकी योगिताले कोरिया भित्रिएपछि कोरियाकै बिद्यालयमा 4 बर्ष अंग्रेजी बिषय पठाएकी थिईन ।

हाल उनले कोरियामा साईकोलोजी परामर्श बिषयमा ब्याचलर गर्दैछन । कोरियामा रहेका सबै नेपालीहरुको समस्यालाई समाधान तथा रोकथामका उपायहरुको बिषयमा परामर्शदाताको रुपमा काम गर्दै आएकी छन ।

कोरियाको ख्यङ्गनामइजुमिन सेन्टरमा नेपाली मेनेजरको रुपमा कार्यारत उनिसंग धेरै नेपालीहरुको समस्या समाधान गरेको अनुभव रहेको छ । उनको कार्यालयमा आउने केशहरुमा सबैभन्दा बढी डिप्रेशनका रहेका छन भने त्यसको अलवा कम्पनी परिवर्तन , शारीरिक समस्या , भैपरिआउने घटना ,अदालती प्रक्रिया , नोदोङ्बु,अस्पताल तथा अन्य सरकारी कार्यालयमा दोभाषे गरिदिनुपर्ने लगायत रहेका छन ।

कोरियामा भएका नेपालीह्रुको सम्पुर्ण समस्याहरु , कम्पनिले तलब नदिएमा , कर भुक्तानी नगरिदिएमा ,स्वास्थ्य ,बिमा लगायत कम्पनिसंग सम्बन्धित सबै समस्याहरु , औद्योगिक दुर्घटना र उपचार सम्बन्धी समस्या , कोरियन संग बिबाह गरि आएकाको पारिवारिक समस्याहरु , बैधानिक तथा अबैधानीक रुपमा काम गर्ने कामदारका समस्याहरु , स्वास्थ तथा मानसिक समस्याहरु ,विद्यार्थीका समस्याहरु लगायत कानुनी समस्याहरुको समाधानको रुपमा योगिता गौतम खट्ने गरेकी छन ।

उनलाई काम गर्नको लागि सबैभन्दा झन्झट दिने बिषय भनेको कोरियामा टिकटकमा सुचना जानकारी दिनेले हो । हुँदै नभएका बिषयलाई सुचनाको आधार बनाईदिँदा अनावश्यक फोन गरेर हैरान बनाउने उनको गुनासो छ ।

उनको कार्यालयमा सबैभन्दा बढी आउने केश कम्पनी परिवर्तनको रहेको छ ।कोरिया प्रवेश गरेको १०/१५ दिनदेखी नै कम्पनी परिवर्तन गर्न खोज्नेको जमात बढी भएको उनी बताउँछिन ।
क्म्पनी परिवर्तनको केश लिएर कम्पनिसंग कुरा गर्न खोज्दा कम्पनी साहुहरुले कम्पनी परिवर्तन गरिदिन बसेका हौ भन्ने जस्तो आरोप लगाउने गरेको अनुभव सुनाउछिन । नेपालबाट कोरिया प्रवेश गरेपछी कम्तिमा पनि ३ महिना आएको कम्पनिमा काम गरिदिन नेपालीहरुलाई उनको आग्रह छ ।

नेपाली कामदारहरुलाई ट्रेनिङ्ग सेन्टरमा दिईने शिक्षा कोरियाको नियम कानुन ,कोरिया प्रवेश गरेपछी कम्पनिमा पर्ने समस्या , कम्पनिमा आफ्ना दाजुभाईसंग समन्वय गर्ने र सहकार्य गर्ने वातावरण निर्माण , कामको प्रकृति ,घरपरिवारको सम्झना ,डिप्रेशन लगायतका समस्यालाई समाधान र उपचार , इमर्जेन्सी सेवा लिने तरिका हरुको ज्ञान दिएर पठाउनुपर्ने योगिताले बताउँछिन ।

कोरियामा नियम कानुन अत्यन्तै सशक्त रुपमा लागू हुने भएकोले कानुन बिपरित गरेका सम्पुर्ण कार्यको सजाय तथा क्षतिपूर्ति प्राप्त हुने हुँदा कोहि पनि अन्यायमा पर्नु भएको छ भने योगिता गौतमलाई सम्झिएर कार्यालयमा उपस्थित भई आफ्नो समस्या समाधान गर्न सक्नुहुनेछ ।

योगिता गौतम ( किम युमि) लाई सम्पर्क गर्नको लागि ०५५-२७७-८७७९ मा फोन गरेर अथवा ख्यङ्गनामइजुमिन ( 경남이주민센터) सेन्टरमा भ्रमण गर्न सकिनेछ । कोरियामा सस्तो भरपर्दो छिटो छरितो लोन लिन चाहनुहुन्छ भ्क्ने तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । सबै काम अनलाइनबाट हुनेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार