काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेको रास्वपाले अब गोलो घेरा हटाएर घण्टीमात्रै राखेको हो ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै घण्टीमात्रै चुनाव चिह्न राखेको छ । रास्वपाका सांसद सन्तोष परियारले चुनाव चिन्ह फेरिएको पुष्टि गरे । उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’
प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार





