युट्युबमा जथाभावी बोल्ने डिल्लीराम खनालविरुद्ध करिश्माले दिइन् साइबर ब्युरोमा उजुरी



काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले युट्युबरसँग आफूमाथि जथाभावी बोल्ने डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

एक युट्युबमा खनालले करिश्मालाई रवि लामिछानेसँग जोडेर तथानाम बोलेपछि त्यसविरुद्ध करिश्मा साइबर ब्युरोमा पुगेर उजुरी दिएकी हुन् ।

आफूमाथि निराधार र जथाभावी लाञ्छना लगाइए असह्य हुने बताउँदै उजुरी हालेको अभिनेत्री करिश्माले भनेकी छन् । उनले खनालसँगै त्यस्तो अन्तर्वार्ता लिने युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने बताएकी छन् ।

अभिनेत्री करिश्माले आफ्नो फेसबुकमार्फत खनालविरुद्ध उजुरी दिएको भन्दै लेखेकी छन् :

उहाँ को हो ?
यो अत्ति भयो ।
भैहाल्यो भने !!
कलाकारलाई येस्तै भन्छन् भने सहे !!
सहे ।
हिजो साइबर ब्युरोमा निवेदन हालेको छु ।
हेरु नेपाल को कानुन कत्तिको बलियो छ ।
Prem dai भन्नुस म कसरी बसेको थियो ?
living together ??
म हिन्दु हु ।
यो विचारलाइ नै विस्वास न गर्ने व्यती हु ।
यो अती भयो ।
म मेरो संसारमा खुसी छु ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार