काठमाडौं । सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ ।
पहिलो चरणामा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले सरकार छाड्न नहुने बताए पनि केहीले गृहमन्त्री नपाए सरकार छाड्नु पर्ने बताएका छन् । अब निर्णायक छलफल सुरु भएको र यो छलफलबाट निष्कर्ष निकालिने श्रोतले जनाएको छ ।
बैठकपछि पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति रवि लामिछानेले बताएका छन् । चितवन-२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुन: नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका छन् ।
प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार





