रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

विभागमा पुगेर रविले फिर्ता गरे पासपोर्ट
निवर्तमान गृहमन्त्री रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् ।

राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।

२१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । जुन उनले फिर्ता गरेका हुन् ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार