काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत बहुमतले पाएका छन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम मंगलबार संसद बैठकमा विश्वासको मत मागेका प्रधानमन्त्री प्रचण्डले बहुमत पाएका हुन् ।
विश्वासको मतको पक्षमा २६८ मत खसेको थियो भने विपक्षमा २ मत खसेको थियो । कूल सांसद २७० जना उपस्थित रहेका थिए ।
प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार





