अब संसद्मा नेमकिपा र जनमोर्चा मात्रै प्रतिपक्ष



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगर्ने दलहरुले समेत विश्वासको मत दिने भएपछि अब संसद्मा एकएक सिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको नदिने भएका छन् ।

कांग्रेस र लोसपाले समेत विश्वासको मत दिनेभएपछि अब नेमकिपा र जनमोर्चा मात्रै संसद्मा प्रतिपक्षको भूमिकामा रहने भएका छन् । नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सांसद छन् ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार