ईन्द्र बानियाँलाई हराउँदै कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुर लामा विजयी



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । लामाले २१ मत ल्याएर संसदीय दल नेता भएका हुन्। लामा सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । गत मंसिरमा भएको चुनावमा उनी नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए ।

आज भएको चुनावमा अर्का उम्मेदवार ईन्द्रबहादुर बानियाँ भने पराजित भएका छन् । बानियाँ पहिले देउवानिकट थिए। तर उनी अहिले संस्थापनइतर समूहबाट उम्मेदवार भएका थिए । बानियाँले १६ मत ल्याएका छन् । गत मंसिरमा भएको चुनावमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार