एसईई पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमा गर्न सुझाब



काठमाडौं | एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होमसेन्टर सहित पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ । संगठनको आइतबार बसेको केन्द्रिय समितिको अनलाइन बैठकले शिक्षा मन्त्रालयलाई यस्तो सुझाब दिने निर्णय गरेको हो । बैठकले यदि परिस्थिति समान्य हुन ढिलाइ भएमा कक्षा १२ को परीक्षा मात्र राष्ट्रियस्तरमा र अन्य परीक्षा विद्यालयले विगतमा गरेको विद्यार्थी मूल्याङ्कनको आधारमा गर्न पनि माग गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नतिजा प्रकाशन र भर्ना अभियान फोन, म्यासेज र अनलाइन मार्फत नै सम्पन्न गर्ने गरि व्यवस्था मिलाउनसमेत मन्त्रालयलाई सुझाब दिने निर्णय गरेको संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । यस्तै, संगठनले तत्काल विद्यालयहरुमा सूचना प्रविधिमार्फत शिक्षण सिकाइ सूचारु गर्ने वातावरण तयार गर्न मन्त्रालयलाई विशेष कार्ययोजना निर्माण गर्नसमेत माग गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

यस्तै, बैठकले शिक्षकहरुलाई भर्चुअल कक्षा सञ्चालनका लागि अनलाइन शिक्ष्ण तालीम प्रदान गर्ने निर्णय गरेको छ । लकडाउन अवधिभर डिजिटल अध्यापनका लागि सातै प्रदेशमा ५ दिने अनलाइन तालिम सञ्चालन गर्ने र १ हजार रोस्टर तयार गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले बताए । त्यसको व्यवस्थापनका लागि संगठनका केन्द्रीय उपाध्यक्ष इन्द्रराज भट्टराई संयोजक र केन्द्रीय सदस्य देविदत्त पौडेल सहसंयोजक रहेको ७ सदस्यीय कार्यदल निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।

बैठकमा अध्यक्ष अधिकारीले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए । यस्तै, सातै प्रदेशका प्रदेश महासचिवहरुले समसामयिक सवालमा धारणा राखेका थिए । बैठकमा संगठनका अर्थ उपमहासचिव कुल प्रसाद खतिवडाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, महासचिव निम बहादुर केसीले प्रस्तुत गरेका सांगठानिक प्रतिवेदनमाथि छलफल भएको थियो । यस्तै, महासंघका सहअध्यक्ष पुर्णप्रसाद दुवाडीले महासंघका काम, कर्तव्य र आगामी रणनीतिका बारेमा ब्रिफिङ गरेका थिए ।

हेर्नुहोस् बैठकका मुख्य निर्णयहरु

१) लक डाउन अवधिभर डिजिटल अध्यापनका लागि सातै प्रदेशमा ५ दिने अनलाइन तालिम सञ्चालन गर्ने र १ हजार रोस्टर तयार गर्ने । तालीम सञ्चालन प्याकेज तयार गर्न केन्द्रीय
उपाध्यक्ष इन्द्रराज भट्टराई संयोजक र केन्द्रीय सदस्य देविदत्त पौडेल सहसंयोजक रहने गरि माधव महरा दाङ, अन्जु लामा काठमाडौं, सुशील उप्रेती भक्तपुर, राजेन्द्र महरा काठमाडांै
र भुवन सुवेदी कास्की रहेको ७ सदस्यीय कार्यदल निर्माण गरियो उक्त कार्यदलले एक हप्ता भित्र प्याकेज निर्माण गरिसक्ने छ ।

२) नेपाल सरकारले घोषणा गरेको लडाउनलाई पालना गर्न शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग समन्वय गर्ने ।

३) एसईई परीक्षा होम सेन्टर व्यवस्थापनमा पालिकामा, कक्षा ११ को परीक्षा प्रदेशस्तर र १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गरि सम्पन्न गर्न शिक्षा मन्त्रालयसँग जोडदार
माग गर्ने । यदि परिस्थिति अस्तव्यस्त भएमा कक्षा १२ को परीक्षा मात्र राष्ट्रियस्तरमा र अन्य परीक्षा विद्यालयले विगतमा गरेको विद्यार्थी मूल्याङ्कनको आधारमा गर्ने ।

४) नतिजा प्रकासन र भर्ना अभियान फोन, म्यासेज र अनलाइनमार्फत् नै सम्पन्न गर्नेगरी मिलाउने ।

५) प्रविधिमार्फत् अध्ययन–अध्यापन गराउने नयाँ वातावरण तयगर्न शिक्षा मन्त्रालयलाई विशेष कार्ययोजना निर्माण गर्न माग गर्ने ।

६) शिक्षक महासंघले घोषणा गरेको एक दिनको तलबमानको रकम कोरोना राहत प्याकेज जम्मा गर्न सबै आबद्ध घटकहरुसँग छलफल गर्ने र पहलकदमी लिने ।
७) हाल देशमा विषम परिस्थिति छ, यो संगीन र जटिल अवस्थामा नेपाल शिक्षक महासंघको विधान संशोधन भइसकेको अवस्थामा सबै एकाकार भएर जानुको विकल्प नरहेको ठहर गरेको छ ।

८) नेपाल सरकारले नीति र कार्यक्रम घोषणा गर्ने समयावधि नजिक आइसकेको अवस्थामा महासंघ र शिक्षा मन्त्रालयबिच भएको बाल विकास (इसिडि शिक्षक), विद्यालय कर्मचारीको
तलबमान वृद्धि, शिक्षक अस्पताल लगायतका सम्झौता कार्यान्वयन गर्न साथै,कक्षा ११ र १२ मा कार्यरत शिक्षक, राहत शिक्षक एवं निजी विद्यालयमा कार्यरत शिक्षकको व्यवस्थापन
तत्काल गर्न शिक्षा मन्त्रालयलाई दवाब दिने ।

९) एकता प्रक्रियालाई तार्किक निष्कर्समा पुर्याउन लकडाउन लगत्तै पार्टी र सम्बन्धित पक्षसँग व्यापक छलफल चलाउने । एकता प्रक्रिया सफल बनाउन सबै कमिटिहरुले आफुलाई तयार
पार्ने ।

१०) ११ दिने अनलाइन तालीम सम्पन्न गरेकोमा एकीकृत अखिल नेपाल शिक्षक संगठन पोखरा माहानगर पालिका र कास्की जिल्ला संगठनलाई धन्यवाद प्रदान ग¥यो ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार