
काठमाडौं । महेश बस्नेत, पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जुझारु युवा नेता । मुलुकमा गणतन्त्र स्थापना भएयता राजनीति वृतमा कुनै न कुनै कोणबाट चर्चा भइरन्छ बस्नेतको । उभार अवस्थाको माओवादीले २०६६ सालको अन्त्यतिर राज्यसत्ता कब्जा गर्ने उद्घोषसहित काठमाडौं उपत्यकामा गरेको विशाल प्रदर्शन तितरबितर पार्न बस्नेतको स्मरणीय भूमिका रह्यो ।
त्यसले बस्नेतको राजनीतिक हैसियत समेत बढायो ।नेकपा एमालेको ९ औं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन पनि बस्नेतको सक्रियता रह्यो । ओलीलाई अध्यक्ष बनाउन खेलेको भूमिकाकै कारण २०७० साल मंसिर ४ गते भएको संविधान सभाको द्राेसाे निर्वाचनमा पराजित भए पनि बस्नेतलाई मन्त्री बन्ने अवसर जुर्यो । मन्त्री बनेपछि भने बस्नेतको चर्चा क्रमश ओ’सिँदै गयो ।
राजनीति वृतमा अहिले फेरि बस्नेतको चर्चा भइहेको छ। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरुले बस्नेतलाई सांसद अपहरण गरेको आरोप समेत लगाएका छन्। बस्नेत तथा नेकपाका अर्को सांंसद किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माथि नवगठित जनता समाजवादी पार्टीका सुरेन्द्र यादवसहितका केही सांसदलाई पार्टी फुटाउनको होटलमा थुनेर राखेको आरोप लागेको छ ।
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश र त्यो घटनाले नेकपामा अहिले ठूलै भुमरी ल्याएको छ । त्यसैलाई आधार बनाएर केपी ओलीले प्रधानमन्त्री छोडुनु पर्ने आजाव समेत उठिरहेको छ । किन ल्याइयो अध्यादेश ? के थियो त्यसको उदेश्य ? के सांसदहरुलाई अपहरण गरिएकै हो ? अब प्रधानमन्त्री ओली नेकपाभित्र कमजोर भएकै हो त ? प्रस्तुत छ यिनै प्रसङ्गमा केन्द्रित रहेर पूर्व मन्त्री बस्नेतसँग जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा गरिएको कुराकानी : भिडियो यहाँ छ ।