३६ वर्षपछि मेसीकाे नेतृत्वमा अर्जेन्टिनालाई विश्वकपकाे उपाधि, मेसी र मार्टिनेज बने हिराे, एमबाप्पेकाे ह्याट्रिक ओझलमा
काठमाडाैं– लिओनल मेसीकाे तीन गाेलकाे सहयाेगले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुट आउटमा ४–२ गाेलले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेकाे छ।
मेसीले निर्धारित समयमा २ गाेल गर्नुका साथै पेनाल्टीमा एक गाेल गरे। फ्रान्सका लागि केलियन एमबाप्पेले ४ गाेल गरे तर आफ्नाे टिमकाे उपाधिकाे बचाउ गर्न सकेनन्। सन् २०१८ मा फ्रान्सले उपाधि जितेकाे थियाे। निर्धारित समयमा ३–३ गाेल भएपछि खेल पेनाल्टीमा गएकाे थियाे।
अर्जेन्टिना र फ्रान्सबीचकाे राेचक फाइनलमा पहिलाे पेनाल्टी फ्रान्सका लागि केलियन एमबाप्पेले गरेका थिए। तर दाेस्राे पेनाल्टी किन्सले काेमनकाे राेके। अर्जेन्टिनाकाे पहिलाे पेनाल्टी लिओनल मेसीले गरेका थिए। दाेस्राे गाेल पाउलाे डिबालाले गरे।
फ्रान्सले तेस्राे गाेल पनि मिस गर्याे। आउरेलियन चाैउमानीले तेस्राे गाेल मिस गरेका थिए। अर्जेन्टिनाका लागि तेस्राे गाेल लियान्द्राे पारेडेसले गरे। फ्रान्सका लागि चाैथाे गाेल रान्डल काेलाे मानीले गरे।





