
काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना नियन्त्रणमा आएको स्पष्ट पारेको छ ।स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले उच्च सतर्कता अपनाएकाले कोरोना सङ्क्रमण फैलिन नपाएको हो । गत दुई हप्ताअघि कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं ९ स्थित सनसिटी अपार्टमेन्टका दुई जनाको पीसीआर पोजेटिभ देखिएको थियो । तर दुवै जना अहिले उपचारपछि घर फर्किसकेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापएिको छ ।
प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार