एमालेले टुंग्यायो ३४ जना समानुपातिक सूची, को–को परे ?



काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फका ३४ जना सांसदको नाम टुङ्ग्याएको छ । पार्टी कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फका ३४ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकालसहित ३४ जनाको नाम टुंग्याएको हो । एमालेले २२ जना महिला र १२ जना पुरुष गरी ३४ जनाको नाम सिफारिस गरेको हो ।

एमालेले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा सिफारिस गरेको छ ।

त्यस्तै खस आर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, सोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल सिफारिस गरेको छ ।

यसका साथै थारु महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी तथा दलिततर्फ इश्वरबहादुर रिजाल (विक), प्रभु हजारा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा सिफारिस भएका छन् ।

यता मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, वीना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद फारुकी सिफरिस भएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार