विश्वकप फुटबल : कोरिया र उरूग्वेबीचको खेल पनि बराबरी



फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण कोरिया र उरूग्वेबीचको खेल पनि बराबरीमा सकिएको छ । जारी विश्वकपमा पहिलो चरणमा यो पाँचौ बराबरी भएको खेल हो।

समूह ‘एच’ को खेलमा कोरिया र उरूग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा उरुग्वेले बढि बल नियन्त्रणमा लिएको थियो।

उरुग्वेले १० पटक गोलका लागि प्रहार गर्दा कोरियाल ६ पटक प्रहार गरेको थियो। तर दुवै टिमको प्रहार अनटार्गेट भने थिएनन्।

जारी प्रतियोगितामा यसअघि अमेरिका र वेल्सले एक एक गोलको बराबरी खेल्दा डेनमार्क र ट्युनिसिया, मेक्सिको र पोल्यान्ड तथा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेलेका थिए।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार