चितवन–२ को पछिल्लो अपडेट, रवि लामिछाने अत्याधिक बहुमतले जित्ने निश्चित



चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुने निश्चित भएको छ।

८४ हजार ३ सय १७ जनाले मतदान गरेको यो क्षेत्रमा ७९ हजार २ सय १५ मत गणना हुँदा लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरिसकेका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गरेका छन्।

रवि श्रेष्ठभन्दा ३१ हजार ५ सय २८ भोटले अघि छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार