नवलपुर १ को प्रदेशमा एमाले र कांग्रेसका उम्मेदवार विजयी



नवलपुर १ को प्रदेशमा एमाले र कांग्रेसका उम्मेदवार विजयी

राजु सुवेदी मंसिर ८ / नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा अन्तरर्गत क मा नेपाली कांग्रेस र ख मा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् ।

प्रदेश सभा क मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र ध्वज जि.सी . १ हजार माथीको मतान्दरले विजयी भएका हुन् ।
जि.सीले १५ हजार १ सय ३७ प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार रबिन्द्र अधिकारीले १३ हजार ९ सय ८७ मत ल्याएका थिए ।

त्यसैगरी प्रदेश ख मा भने नेकपा एमालेका उम्मेदवार रोशन गाहा भारी मतान्तरका साथ विजयी भएका छन् । गाहाले सत्ता गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार लोक प्रसाद भुर्तेललाई ३ हजार माथीको मतान्तरले पराजीत गरेका हुन् ।

एमाले उम्मेदवार गाहाले १७ हजार ८ सय २३ मत प्राप्त गर्दा भुर्तेले १४ हजार १ सय १० मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार