यतिधेरै मतले चितवनमा अघि लागे रवि लामिछाने



चितवनमा अघि लागे रवि लामिछाने

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका

एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको १२ स्थानमा अग्रता, समानुपातिकमा तेस्रो
६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका १२ स्थानमा अग्रता कायम राखेको छ । सुनसरी-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार गोमा तामाङले ९७३ मतसहित अग्रता लिएकी छन् ।

सुनसरी-२ मै नेपाली कांग्र्रेसका सीताराम महतोलाई १८९ मतले पछि पार्दै रास्वपाका उम्मेदवार लालविक्रम थापाले ८४९ मतसहित अग्रता लिएका छन् । सुनसरी-३ मा एमाले उम्मेदवार भगवती चौधरीलाई ९५ मतले पछि पार्दै रास्वपाका कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् ।

काठमाडौं-२ मा एमालेका मणिराम फुयाललाई १ हजार ५३३ मतले पछि पार्दै रास्वपाकी सोविता गौतम ५ हजार ३३४ मतसहित पहिलो स्थानमा छिन् । काठमाडौं-६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधानलाई करिब २ हजार मतले पछि पार्दै रास्वपाका शिशिर खनाल ४ हजार ८८ मतसहित पहिलो स्थानमा छन् ।

काठमाडौं-७ मा एमालेका श्यामकुमार घिमिरेलाई ५१ मतले पछि पार्दै रास्वपाका गणेश पराजुली ३ हजार २१२ मतसहित पहिलो स्थानमा छन् । काठमाडौं-८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई १ हजार ४९६ मतले पछि पार्दै रास्वपाका विराजभक्त श्रेष्ठ ६ हजार १९ मतसहित अग्रस्थानमा छन् ।

ललितपुर-३ मा एमालेका अमृत खड्कालाई १ हजार ५५९ मतले पछि पार्दै रास्वपाकी तोसिमा कार्की ६ हजार २६९ मतसहित अग्रस्थानमा छिन् । चितवन-१ मा नेपाली कांग्रेसका विश्व पौडेललाई करिब ९ सय मतले पछि पार्दै रास्वपाका हरि ढकाल ३ हजार ९७० मतसहित पहिलो स्थानमा छन् ।

झापा-४ मा एमालेका लालप्रसाद सावाँ लिम्बूलाई २५२ मतले पछि पार्दै रास्वपाका शम्भुप्रसाद ढकाल ५ हजार ९६८ मतसहित पहिलो स्थानमा छन् । यस्तै रुपन्देही-२ मा एमालेका विष्णु पौडेलाई ४२८ मतले पछि पार्दै रास्वपाका गणेश पौडेल ३ हजार ३१९ मतसहित अग्रता लिएका छन् ।

कास्की-२ मा एमाले उम्मेदवार विद्या भट्टराईलाई १७४ मतले पछि पार्दै रास्वपाका माधवप्रसाद कँडेल २ हजार ४३१ मतसहित पहिलो स्थानमा छन् ।

प्रतिनिधिसभाका १२ सिटमा अग्रता लिइरहेको रास्वपा समानुपातिक प्रणालीतर्फका मतमा पनि निकै अगाडि छ । निर्वाचन आयोगको विवरणअनुसार समानुपातिक मतमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।

पहिलो स्थानमा एमाले, दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा रास्वपा छ । समानुपातिकतर्फको हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ हजार ६७९ मत पाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार