सप्तरी–२ मा सिके राउत उपेन्द्र यादभन्दा झण्डै तेब्बर मतले अगाडि
सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहनुभएको छ ।
पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । राउतको छ हजार आठ सय आठ मत बढी छ ।
तेस्रो स्थानमा रहनुभएका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने दुई हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार





