नवलपुर क्षेत्र न २ मा विष्णु कुमार कार्की नै निर्विकल्प : स्थानिय



संघिय तथा प्रादेशीक निर्वाचन २०७९ को घोषणा भए संगै नवलपुरका स्थानिय जनता ले क्षेत्र नं २मा विष्णु कुमार कार्कीनै चाहिने भन्न थालेका छन ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका नेता कार्की अधिल्लो निर्वाचनमा झिनो मतले पराजय भोगेका उनले नवलपुरमै वसी कांग्रेसको राजनिती सम्हाल्दै आईरहेका छन ।चुनावको परिणाम पस्चात यसरी सोही स्थानमै बसेर जनताको लागी काम गरेका कार्की जन जनको मनमा बस्न सफल भएका छन ।

सयौ गरिवको घर निर्माण, दुःखी गरिवको लागी अन्द तथा पोषाक दान समेत गर्दे हिन्ने काकी यसपालीको निर्वाचनमा नवलपुर क्षोत्र नं २मै चुनाव लढ्न पर्ने स्थानिय बताउछन ।

सभ्यता मिडियाले गरेको एक सर्वेक्षण अनुसार नवलपुरको विभिन्न स्थानमा कार्कीले, पुल, कल्भर्ट, विद्युत पोल, खानेपानी, विद्यालय, सिंचाई, मठ मन्दिर, बाटो आदि सहित सयौ निर्माणका काम समेत ब्यक्तीगत लगानिमा गरेका छन ।

यसरी ब्यक्तीगत रुपमै लगानी गरेर काम गर्ने नेता आज सम्म नभेटिएकोले यस्ता ब्यक्तीले चुनाव जिते अझै जनताको मर्म बुझी काम गर्ने कुरामा विस्वस्त रहेको स्थानिय बताउछन ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार