भाइले दिदीलाई दिए बाउन्स चेकको उजुरी, सात महिनाको बच्चासहित दिदी पक्राउ
पूर्वी नवलपरासीमा एकजना महिला बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ परेकी छिन् । कावासोती– १० निवासी ४१ वर्षीया सुमित्रा तिमिल्सिना पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार उनलाई उनकै भाइ रवीन्द्र तिमिल्सिनाले उजुरी दिएका हुन् ।
तिमिल्सिनाले ९९ लाखको बाउन्स चेक दिएको दाबीसहितको उजुरी दिए पनि १९ लाखको मात्र बाउन्स चेक भेटिएको प्रहरी उपरीक्षक महर्जनले बताए ।
प्राइम बैंकको चेक बाउन्स भएपछि उनका भाइ रवीन्द्रले कास्कीबाट उजुरी दिएका थिए । तर, तिमिल्सिनालाई नवलपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी तिमिल्सिनामाथि अदालती कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
केही दिनअघि पक्राउ परेकी तिमिल्सिनासँग सातमहिने बच्चा छ । आमाले बच्चा आफन्तको जिम्मा लगाए मात्र अरूलाई दिन सकिने नत्र दूधेबालक आमासँगै रहने एपसी प्रहरी उपरीक्षक महर्जनले बताए ।
#पक्राउ # बाउन्स चेक





