मेयर साह आफैं उत्रिए फिल्डमा : महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङका पसल र गोदाम हटाउन थाल्याे



मेयर साह आफैं उत्रिए फिल्डमा : महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङका पसल र गोदाम हटाउन थाल्याे

काठमाडौं:
काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङमा राखिएको पसल एवं अन्य संरचना हटाउन सुरू गरेको छ । महानगरको क्षेत्रमा सञ्चालन हुँदै आएका अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल तथा अन्य संरचना हटाउन सुरु गरेको हो ।

नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा बानेश्वर क्षेत्रमा रहेका त्यस्ता संरचना भत्काउन सुरु गरेको हो । यस अघि नै महानगरले ३५ दिने समय ईि सुचना जारी गरिसकेको थियो ।

महानगरले जारी गरेको सुचनाको समय सकिएसँगै महानगरले आजदेखि स्थलगतरूपमा कारबाही गरेको हो । मेयर बालेन्द्र साह अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन निर्देशन साउनको तेस्रो साता नै निर्देशन दिएका थिए ।

मेयर साहले यस अघि नै यस विषयमा नेपाल प्रहरी र ट्राफिक अधिकारीसँग सल्लाह गरिसकेका छन् ।अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले पार्किङमा राखिएको पसल एवं अन्य संरचना हटाउन सुरू गरेको हो । हटाउन अटेर गरेको पाइए तत्काल कारबाही थालिने महानगरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार