भायानेटमाथि साइबर आक्रमण !



इन्टरनेट सेवाप्रदायक भायानेटको सिस्टम ह्याक भएको छ। ह्याकरको समूहले भायानेटको साइट ह्याक गरी त्यहाँ भएका डेटा सार्वजनिक डोमेनमा लिएर राख्न खोजेको बताइएको छ भायानेटका सञ्चालक बिनय बोहोराले डेटा लिएर पब्लिक डोमेनमा राख्न प्रयास गरेको बताए। भायानेटका प्रयोगकर्ताहरु साढे १ लाख बढी रहेका छन् । भायानेटले ग्राहकका जति पनि डेटा लिएर आफ्नो सिस्टममा राखेको थियो ती सबै ह्याकर तानेर लिक गरिदिएको थियो ।

यसबाट उपभोक्ताको इन्टरनेट सेवामा कुनै प्रभाव नपर्ने बोहोराले बताए। यद्यपी उपभोक्ताका डेटा लिक भएर त्यसको दुरुपयोग हुनसक्ने बताइएको छ । ‘यो साइबर हमलाका विषयमा हामीले अनुसन्धान गर्दै छौ। यसका अन्य कानूनी उपचारका बाटोहर के हुन्छन् त्यो पनि हामिले हेरिहरेका छौ’ बोहराले भने । पछिल्लो समय नेपालमा सार्वजनिक सेवा दिने संस्थाहरुका वेबसाइट ह्याक हुने क्रम बढेको छ। यसअघि फुडमान्डुको साइट ह्याक भएको थियो। त्यसअघि कतिपय बैंकको साइट तथा सिस्टम ह्याक भएको थियो।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार