विपद व्यवस्थापन काेषमा गाेदावरी उद्योग बाणिज्य संघको १ लाख सहयोग



ललितपुर/२४ चैत, गोदावरी उद्योग बाणिज्य संघले ‘गोदावरी नगरपालिकाकाे विपद व्यवस्थापन आकस्मिक कोष’ मा सहयोग उपलब्ध गराएकाे छ। संघका अध्यक्ष जगन्नाथ महर्जनको नेतृत्वमा उपाध्यक्ष पिताम्बर सञ्जेल सहितकाे प्रतिनिधि मण्डलले १ लाख ७ हजार १ एक सय रुपैया उपलब्ध गराएकाे हाे ।

संघका अध्यक्ष जगन्नाथ महर्जनले आइतबार गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन उक्त रकम वरावरकाे चेक हस्तान्तरण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरण गरी नगरवासीहरुलाई सुरक्षित राख्न कोरोनाबाट हुने जोखिम कम गर्न नगरपालिकाले स्थापित गरेको कोषमा जम्मा हुनेगरी गाेदावरी उद्योग बाणिज्य संघले सहयोग उपलब्ध गराएको हाे।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार