मलेसियामा तीन क्षेत्रमा श्रमिक आपूर्ति खुला ! नेपाल लगायत १५ वटा देशबाट लगिने



मलेसियामा तीन क्षेत्रमा श्रमिक आपूर्ति खुला

मलेसिया सरकारले नेपाल लगायत १५ वटा देशबाट तीन क्षेत्रको काममा श्रमिक आपूर्ति गर्न खुल्ला गरेको छ । नेपालसँगै तीन क्षेत्रमा विदेशी श्रमिक लिन खुल्ला गरिएका मुलुकहरूमा भारत,

थाइल्याण्ड, कम्वोडिया, म्यानमार, लाओस, भियतनाम, फिलिपिनस, पाकिस्तान, श्रीलंका, बंगलादेश, तुर्केमेनिस्तान, उज्वेकिस्तान, इण्डोनेशिया र कजाकस्तान रहेका छन् ।

मलेसियाका गृहमन्त्रीले उद्योग, निर्माण र सेवा क्षेत्रमा नेपाल लगायतका देशबाट आउने कामदारको भर्ना गर्न खुल्ला भएको जानकारी दिएका हुन् ।

मलेसियाकाे सञ्चारमाध्यम मलेमेलका अनुसार श्रमिकको आवश्यकता पूरा गर्न तत्काल यस्तो निर्णय गरिएको गृहमन्त्री हम्जा जैनुद्दिनले बताएका छन् । को’भिडका कारण तथा स्वदेशी नागरिकलाई रोजगारी सुरक्षित गर्न भन्दै मलेसियाले विभिन्न क्षेत्रको रोजगारीमा विदेशी कामदार राख्न प्रतिबन्ध लगाएको थियो ।

विदेशी श्रमिक भर्ना गर्न रोक लगाइएका अन्य क्षेत्रको पनि अध्ययन गर्ने त्यहाँको मानव संशाधन मन्त्रालय र गृहमन्त्रालयले सहमति गरेका छन् । शिलापत्र बाट

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार