श्रममन्त्री कुँवरले गरे इपिएस भाषा परीक्षा केन्द्रको अुगमन



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन ।

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नु पर्ने नियमका बारेमा बुझेका थिए । रोजगारीका लागि नेपाल बाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्दछ ।

यो वर्ष पनि जेष्ठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन् ।

अहिले विद्यार्थीले युविर्टी मार्फत परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिन अघि विद्यार्थीको बायोमेटीक तथ्यांक राख्ने काम गरिन्छ । त्यसमा परीक्षामा सहभागि हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ ।

यो वर्ष ४४ हजार जना कृषी र पशुपालन तर्फको परीक्षमा सहभागि भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार