
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले इसीडी शिक्षक र विद्यालय कर्मचारी दुबैको तलब बढेको बताएका छन् । राससलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दा विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलबको विषय सम्बोधन गर्न छुटेपनि पछि यसलाई समेटिएको बताएका हुन् । उनले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी तलब बढेको बताए ।
‘बजेट निर्माणको सन्दर्भमा हरेक सरोकारवालाको समग्रको भनाइ र स्वार्थलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । केही न केही छुटेको होला तर मुलभूतरूपमा समेटिएको छ ।’ मन्त्री शर्माले भने, ‘जस्तैः स्थानीय तहका विद्यालयका कर्मचारीको कुरा, बाल शिक्षकको तलब पनि थपिएको छ । केही विषय छुटेको होला । तर मुलतभूत रुपमा देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी बजेट आएको छ ।’
प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार