
म्याग्दी– बेनी नगरपालिका ९ घतानको ढाडिखेतमा मंगलबार मानिसहरु भेला भई राँगो काटेर भागबिलो लगाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। लकडाउनको अवज्ञा गर्दै १५ जनाभन्दा बढी मानिसहरु भेला भई राँगो काटिरहेको सूचनाको आधारमा प्रहरी उक्त स्थानमा पुगी सम्झाउँदा नमानेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि समुदायसंग सहकार्य गरी प्रहरीले अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा भीडभाड गरिरहेका मानिसहरुलाई सम्झाउँदा उल्टै प्रतिवाद गरेपछि स्थानीय सजग युवाहरुको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरण कुँवरले बताए।
प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार